फागुन ११ मा ‘गोर्खा वारियर’

वि.सं.२०८० पुस २४ मंगलवार ०८:०६
889
shares

काठमाडौँ । निर्देशक मिलन चाम्सको चलचित्र गोर्खा वारियर फागुन ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ । बेलायतमा फिल्मको प्रिमियर गरिसकेपनि प्रदर्शन मिति तोकिएको थिएन । अब भने फिल्म फागुनबाट प्रदर्शनमा आउने भएको हो ।
निर्देशक चाम्स नै निर्माता रहेको फिल्ममा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा देखाइनेछ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारको अभिनय रहेको छ ।

वि.सं.२०८० पुस २४ मंगलवार ०८:०६
889
shares