सर्वोत्तम सिमेन्टको आईपीओ आजदेखि

2.74K shares

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ आजदेखि निष्काशन भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरु र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्र नवलपारासी जिल्लाको सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा उत्खनन् प्रभावित क्षेत्र पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको वडा नं। १, २ र ३, माथागढी गाउँपालिकाको वडा नं. ७ र ८ र निस्दी गाउँपालिकाको वडा नं. ७ मा बसोबास गर्ने स्थानियहरुले आवेदन दिन सक्नेछन् । सो क्षेत्रका स्थानीयहरुका लागि कम्पनीले ९ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।

त्यस्तै, कम्पनीले वैदेशिक रोजगारीमा रहेकाका लागि २ लाख ६७ हजार कित्ता शेयर निष्काशन गरेको हो । लगानीकर्ताले प्रतिकित्ता ३ सय ६० रुपैँया ९० पैसाका दरले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्ममा आवेदन दिन सक्नेछन् । आइपीओ निष्काशन बन्द स्थानीयहरुका लागि छिटोमा माघ १० गते र ढिलोमा माघ २५ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेकाका लागि निष्काशन बन्द माघ १० गते हुनेछ ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

2.74K shares