बलात्कार मुद्दामा दोषी सन्दीप लामिछानेको सजाय आज तोकिँदै

1.34K shares

काठमाडौँ । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिने भएको छ । गएको पुष १३ गते जिल्ला अदालत काठमाडौँले लामिछानेलाई दोषी ठहर गरेको थियो ।

लामिछानेलाई सजाय तोक्नको लागि आज पेसी तोकिएको छ । उनले पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

अदालतले पीडित किशोरीको उमेर घटना हुँदा १८ वर्ष पूरा भइसकेको भए पनि जबरजस्ती करणी भएको भन्दै लामिछानेलाई दोषी ठहर गरेको हो । मुलुकी अपराध संहिता अनुसार १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेमा ७ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था रहेको छ ।

1.34K shares