रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता
वि.सं.२०८० माघ ३ बुधवार ११:०५
2.24K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी लामिछानेविरुद्ध उजुरी परेको हो ।
ठगी प्रकरणमा मुछिएको भन्दै छानबिन तथा कारबाहीको माग गर्दै युवराज सफलले उजुरी दिएका हुन् । सफलले निवेदनमा ‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, लेखेका छन् ।
वि.सं.२०८० माघ ३ बुधवार ११:०५
2.24K
shares








