रेखाले अमेरिकामै गरिन् ‘बेबी सावर’
वि.सं.२०८० माघ ९ मंगलवार १२:३५
3.27K
shares

काठमाडौँ । सन्तानलाई जन्म दिन अमेरिका पुगेकी अभिनेत्री रेखा थापाले ‘बेबी सावर’ गरेकी छन् । कोलोराडो स्प्रिङ्समा शनिवार रेखाले केही चिनजानका व्यक्तिहरूको उपस्थितिमा ‘बेबी सावर’ गरेकी हुन् ।
श्रीमान् बलराम शाही ठकुरीले ‘बेबी सावर’को आयोजना गरेका थिए । सोही अवसरमा रेखा दम्पतीले केक समेत काटेका छन् ।
रेखाको यो पहिलो सन्तान हो । सन्तान जन्मदिन रेखा थापा दम्पती केही अगाडि अमेरिका पुगेका हुन् । चिकित्सकले उनलाई माघ फागुनको डेलिभरी समय दिएका छन् ।
वि.सं.२०८० माघ ९ मंगलवार १२:३५
3.27K
shares





