चिलीमा भीषण आगलागी : हजारभन्दा धेरै घर जले, कम्तीमा ५१ जनाको मृत्यु

2.25K shares

काठमाडौं ।मध्य चिलीमा जंगलमा लागेको आगोले भीषण रूप लिँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । आगलागीका कारण शनिबार करिब १ हजार १ सय घर जलेर नष्ट भएका छन् । यस्तै, मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीले जनाएका छन् ।

प्रभावित क्षेत्रमा उद्धार टोली पुग्न सकेको छैन । करिब १० लाख बासिन्दाको घर रहेको भाल्पराइसो क्षेत्रका धेरै भागमा कालो धुवा आकाशमा उडिरहेको छ । अग्नि नियन्त्रक हेलिकोप्टर र ट्रक प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको छ । तर, अवस्था कठिन छ ।

चिलीका गृहमन्त्री क्यारोलिना तोहाले देशको मध्य र दक्षिणी क्षेत्रका ९२ वटा जङ्गलमा आगो लागेको र त्यसले भीषण रुप लिँदा १ हजारभन्दा धेरै घर जलेर नष्ट भएको पुष्टि गरिन् । उनका अनुसार मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ ।

2.25K shares