लक्ष्मण सुवेदीको निर्देशनमा ‘पार्वती’ बन्ने

1.88K shares

काठमाडौँ । निर्देशक लक्ष्मण सुवेदीले नयाँ चलचित्रको घोषणा गरेका छन् । सुवेदीकै निर्देशनमा नयाँ चलचित्र ‘पार्वती’ बन्ने भएको हो ।

जन्मदिनको अवसर पारेर निर्देशक सुवेदीले नयाँ चलचित्रको घोषणा गरेका हुन् । सामाजिक प्रेमकथामा बन्ने चलचित्रको लेखन तथा निर्माण पनि सुवेदीकै रहनेछ ।

उनको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘सतीदेवी’ प्रदर्शनको तयारीमा रहेको छ । फिल्मको फर्स्टलुक पोष्टरको सबैतिर चर्चा भएको थियो ।

चलचित्रको छायांकन जेठ महिनामा गर्ने तयारी रहेको छ । दिलासा र सारा सुवेदीको प्रस्तुति रहने चलचित्रको निर्माता श्रीदेवी सुवेदी रहेकी छन् ।

फिल्मलाई गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसन ब्यानरमा निर्माण गरिनेछ । चलचित्रलाई नेपाली र अंग्रेजी भाषामा निर्माण गरिने जनाइएको छ ।

 

1.88K shares