ह्याक भएको वेबसाइट बनाउन त्रिविलाई लाग्यो १५ दिन

686 shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट १५ दिनपछि आज लाइभ देखिएको छ ।गत माघ १६ गते कार्यालयको वेबसाइट tuexam.edu.np ह्याक भएको थियो । ह्याक भएको १५ दिनपछि वेबसाइट सञ्चालनमा आएको हो ।

यसबीचमा त्रिविका सूचना एवं अन्य जानकारी पाउन विद्यार्थी एवं सेवाग्राहीलाई समस्या भएको थियो । देशकै ठूलो विश्वविद्यालयको वेसबाइट ह्याक हुनु र पुनः सञ्चालनमा आउन लामो समय लाग्नुले संस्थाको क्षमता र यहाँका अधिकारीहरुको जिम्मेवारीमाथि प्रश्न समेत उब्जाएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका सूचना प्रविधि (आईटी)प्रमुख दीपकबहादुर शाहीले वेबसाइट ह्याक भएको बताएका थिए ।

686 shares