कोरियन भाषा परीक्षा फागुन ७ देखि, चिट चोरेमा ४ वर्षसम्म जाँच दिन नपाइने

847 shares

काठमाडौं । कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि हुने भएको छ । परीक्षा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा हुने छ ।परीक्षाको अघिल्लो दिन फागुन ६ गते ईपीएस कार्यालय ग्वार्कोमा बायो–मेट्रिक रजिस्ट्रेशनका लागि उपस्थित हुनु पर्ने छ ।

परीक्षा केन्द्रमा बायोमेट्रिक भेरिफाइ गरेपछि मात्रै जाँच दिन पाइने छ । परीक्षा समयभन्दा १ घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुने र निर्धारित समयमा उपस्थित नभएमा परीक्षामा सहभागी नगराइने ईपीएस कोरिया शाखाले जनाएको छ ।

 

परीक्षामा मोबाइल फोन, स्मार्ट वाचलगायतका कुनै पनि विद्युतीय सामाग्री प्रतिबन्धित गरिएको छ । परीक्षामा चिट चोरिए , अर्काको सारेमा तथा अन्य अवाञ्छित गतिविधि गरेमा परीक्षा रद्द हुनुको साथै आगामी ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६४ हजार ७ सय १६ जनाले आवेदन दिएका छन् ।

847 shares