यस्तो छ अगस्त्यको ट्रेलर (भिडियो)
वि.सं.२०८० फागुन ३ बिहीवार १३:३६

काठमाडौँ । सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्र अगस्त्य–च्याप्टर १ को ट्रेलर सार्वजनिक भएको छ । बिहिबार फिल्मको ३ मिनेट लामो टिजर सार्वजनिक भएको हो ।
फिल्मको ट्रेलर एक्सनले भरिएको छ । फिल्मको एक्सनमा पनि एक्सपेरिमेन्ट गरिएको ट्रेलरमा देख्न सकिन्छ । साउथ इन्डियन एक्सन फिल्मको झल्को दिने ट्रेलरमा सौगातको ह्याण्ड टु ह्याण्ड कम्व्याट सिनपनि देखाइएको छ ।
ट्रेलरमा सौगातको बडि ट्रान्सफर्म देखि मेन्टल समस्या समेत देखाइएको छ । ट्रेलर साउथ इन्डियन फिल्मको झल्को दिने खालको रहेको छ । पछिल्लो समय एकनाशका फिल्महरु बनिरहेको बेला अगस्त्य नेपाली दर्शकका लागि फरक स्वाद पस्कन सफल हुने देखिन्छ ।
निर्देशक चौधरीकै लेखन रहेको फिल्ममा सौगात मल्ल, नाजिर हुसेन, मलिका महत, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । फिल्म फागुन १८ गतेदेखि प्रदर्शनमा आउनेछ ।
वि.सं.२०८० फागुन ३ बिहीवार १३:३६








