फेरि बढ्यो सुनको मूल्य बढ्यो, तोलाको कति ?
वि.सं.२०८० फागुन ७ सोमवार ०६:२४
2.02K
shares

काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ५ सय रुपैँयाले बढेको सुनको मूल्य सोमबार थप ४ सय रुपैँयाले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार रुपैँया र तेजाबी सुनको मूल्य १ लाख १७ हजार ४ सय ५० रुपैँया कायम भएको छ ।
यस्तै बजारमा चाँदीको मूल्य भने घटेर तोलाको १४ सय १० रुपैँया कायम भएको छ ।
वि.सं.२०८० फागुन ७ सोमवार ०६:२४
2.02K
shares




