‘गोर्खा वारियर’को दोस्रो ट्रेलर सार्वजनिक
वि.सं.२०८० फागुन ७ सोमवार ०४:५२
4.49K
shares

काठमाडौँ । मिलन चाम्सको नयाँ चलचित्र ‘गोर्खा वारिय’रको दोस्रो ट्रेलर सार्वजनिक भएको छ । सोमबार फिल्मको दोस्रो ट्रेलर सार्वजनिक गरिएको हो ।
१४४९ को मलाया युद्धमा गोर्खालीको कथामा आधारीत वार एक्सन ड्रामा फिल्मलाई लिएर सुरुवात देखि नै चर्चा रहेको छ । फिल्मको वर्ल्ड प्रिमियर लन्डनमा गरिएको थियो । नेपालमा भने भर्खरै मात्र धरानमा फिल्मको प्रिमियर गरिएको छ ।
सत्य घटनामा आधारीत फिल्म फागुन ११ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, कविता आले, रेअर राई लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० फागुन ७ सोमवार ०४:५२
4.49K
shares





