‘प्लास्टिक सर्जरी’ले यस्ति भइन् आयशा टाकिया

2.09K shares

काठमाडौँ । बलिउड अभिनेत्री आयशा टाकिया पुरै परिवर्तन भएकी छन् । भर्खरै सार्वजनिक उनको लुकले धेरैलाई अचम्मित तुल्याएको छ ।

बलिउडका अभिनेता सलमान खानको हिट भएको फिल्म वान्टेडबाट चर्चामा आएकी आयशा पछिल्लो समय फिल्म कर्ममा निस्क्रिय रहेकी छन् । फिल्मबाट आयशाले उल्लेख्य चर्चा बटुलिन् । उनको सुन्दरता र मुस्कानको आज पनि चर्चा हुने गर्दछ ।

भर्खरै उनिएयरपोर्टमा उनी छोरासँग देखिएकी थिइन्। निलो रङको ड्रेसमा उनी निकै सुन्दर देखिएकी थिइन्। उनको स्टाइल सुन्दर थियो। तर कुनैबेलाको त्यो सुन्दर मुहार भने अहिले फेरिएको छ। प्लास्टिक सर्जरीको कारण उनको अनुहार नै फेरिएको छ।

सामाजिक सञ्जालमा आयशाको भिडियो देखिएपछि उनका फेन्सले भनिरहेका छन्, कस्तोबाट कस्ती भइन्। उनको नयाँ लुक्सलाई दर्शकले समेत चिन्नबाट हिच्की रहेका छन्। शल्यक्रिया अघि सुन्दर आयशाले आफ्नो अनुहार बिगारेको दर्शकहरूको भनाइ छ।

2.09K shares