हिन्दी फिल्ममा डेब्यु गर्दै बेनिशा हमाल

756 shares

काठमाडौं । अभिनेत्री बेनिशा हमालले हिन्दी फिल्ममा डेब्यु गर्ने भएकी छन् । पहिलो हिन्दी फिल्ममा डेब्यु गर्न लागेको बारे बेनिशाले सामाजिक संजाल मार्फत जानकारी दिएकी हुन् ।

उनले इन्स्टाग्राममा केही फोटो सेयर गर्दै हिन्दी फिल्ममा अभिनय गर्न लागेको बताएकी छन् । उनले सार्वजनिक गरेको पोष्टमा धडक, द लास्ट शो, फराज फिल्मका अभिनेता गोदान कुमारसँगको तस्वीर पनि सेयर गरेकी छन् ।

बेनिशाले लेखेकी छन्, ‘भ्वाइस मोड्युलेसन, डिक्सन र फ्लोमा काम गरेको महिनौंपछि म मेरो पहिलो हिन्दी भाषाको फिल्मको लागि तयार छु । मलाई आशीर्वाद दिनुहोस् ।’ फोटोमा उनीहरु उत्तराखण्डको पञ्चचुलीमा पुगेको देख्न सकिन्छ ।

 

756 shares