महाजात्रा : फेरि पनि पैसाकै लुकामारी

504 shares

काठमाडौँ । प्रदीप भट्टराई जात्रा सिरिजको अर्को श्रृंखला महाजात्राको टिजर सार्वजनिक भएको छ । मंगलबार फिल्मको १ मिनेट लामो टिजर सार्वजनिक भएको हो ।

फिल्मको टिजरमा फिल्मको मुख्य पात्र विपिन कार्कीले पैसा लुकाउने जागिर पाउँछन् । पैसाकै लुकामारि यो पटक पनि चल्ने फिल्मको टिजरले देखाएको छ ।

फिल्ममा नयाँ कलाकार पनि थपिएपछि यो लुकामारी अझै रोचक बन्ने देखिन्छ । फिल्ममा यो पटक हरिवंश आचार्य, दिव्य देव, शिशिर वाङदेल लगायतका कलाकारको प्रवेश भएको छ ।

चैत्र ९ गतेदेखि फिल्म प्रदर्शनमा आउँदैछ ।

 

504 shares