धुम्बाराहीको एक घरमा चोरी, घरेलु कामदार पक्राउ

1.73K shares

काठमाडौं ।काठमाडौँको धुम्बराहीस्थित एक घरमा चोरी भएको छ। चोरीको आरोपमा सोही घरमा काम गर्ने महिला पक्राउ परेकी छन्। फागुन ११ गते दिउँसो काठमाडौँ महानगरपालिका ४ धुम्बराहीस्थित आशिषमान सिंह श्रेष्ठको घरमा चोरी भएको थियो।

सुन चाँदीका गरगहना र नगद एक लाख रुपैयाँ चोरी भएको घटनामा सोही घरमा काम गर्ने महिलाको संलग्नता रहेको प्रहरीको दाबी छ। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको लाँगचेकी ३९ वर्षीया सिता गोतामेलाई पक्राउ गरेको छ।

1.73K shares