केपी ओली कप : न्युरोड टिमले थ्रिस्टारलाई हरायो
वि.सं.२०८० फागुन १३ आइतवार ०८:३७
काठमाडौँ । काठमाडौँमा जारी केपी ओली कप २०८० मा आज भएको पहिलो खेलमा न्युरोड टिम विजयी भएको छ । बिहान ११ : ३० बजे भएको खेलमा न्युरोडले थ्रिस्टारलाई १–० ले पराजित गरेको हो ।
न्युरोड टिमका लागि पहिलो हाफको २८ औँ मिनेटमा विवेक गुरुङले गरेको गोल नै निर्णायक गोल बन्यो । हारसँगै थ्रिस्टार केपी ओली कपबाट बाहिरिएको छ ।
प्रतियोगितामा आज दोस्रो खेल त्रिभुवन आर्मि र नेपाल पुलिसबिच हुँदैछ । फागुन ११ गतेदेखि सुरु भएको प्रतियोगिता २० गतेसम्म हुनेछ । नकआउट शैलीमा हुने खेल सेमिफाइनलसम्म एन्फाको मैदान सातदोबाटोमा हुनेछ भने फाइनल खेल दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा नेपालका ए डिभिजनसहित विदेशका दुई क्लबले प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको विजेताले ११ लाख रुपैँया र उपविजेताले ५ लाख रुपैँया प्राप्त गर्नेछन् ।
गत वर्ष सम्पन्न भएको केपी ओली कपको पहिलो संस्करणको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।
वि.सं.२०८० फागुन १३ आइतवार ०८:३७