‘राजा’मा नीतिको जोडी राज

371 shares

काठमाडौँ । मोडल नीति शाहले तेस्रो फिल्म साइन गरेकी छन् । भर्खरै मात्र ‘खजुरे ब्रो’को छायांकन सकाएकी नीतिले केहि दिन भित्रमा दुई फिल्म साइन गरेकी छन् ।

एक समय थियो नीतिलाई डेब्यु गर्न सकस परिरहेको थियो । यस्तैमा उनले ‘खजुरे ब्रो’ बाट डेब्यु गरिन् । त्यसयता उनले सविर श्रेष्ठको ‘रुखान’ साइन् गरिन् । भर्खरै उनले दिवाकर भट्टराईको नयाँ फिल्म साइन गरेको खबर बाहिरिएको छ । उनले भट्टराईको ‘राजा’मा काम गर्ने पक्का भएको हो ।

फिल्ममा नीतिको जोडीको रुपमा राज कटुवालले काम गर्नेछन् । फिल्मको छायांकन चाँडै नै सुरु हुने जनाइएको छ ।

371 shares