शौचालयमा महिलाको गोप्य तस्बिर खिच्ने डीएसपी २५ हजार धरौटीमा छुटे

1.88K shares

काठमाडौँ। महिलाको गोप्य तस्बिर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका नायव उपरीक्षक ९डीएसपी० २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्।

स्वयम्भुस्थित एक रेस्टुरेन्टको शौचालयमा महिलाको गोप्य तस्बिर तथा भिडिओ खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई जिल्ला अदालत काठमाडौंले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो। जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले केसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। डिएसपी केसी फागुन ५ गते पक्राउ परेका थिए।

स्वयम्भु बृत्तले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सोही आधारमा मुलुकी अपराधसंहिताको दफा १२१ अनुसारको कसुरमा आइतबार मुद्दा दायर भएको थियो। उनले रेस्टुरेन्टमा युवती शौचालय गएका बेला माथिल्लो खुला भागबाट मोबाइलले तस्बिर तथा भिडियो खिचेका थिए। जसविरुद्ध महिलाले उजुरी दिएकी थिइन्।

1.88K shares