उपाधिका लागि भिड्दै नेपाल

861 shares

काठमाडौँ । पश्चिम एसियाली फुटबल एसोसिएसन (वाफ) महिला फुटबल च्याम्पियनसिपको फाइनलमा आज बिहीबार नेपालले जोर्डनसँग खेल्दैछ । साउदी अरेबियामा जारी प्रतियोगिताको फाइनल खेल नेपाली समय अनुसार, राति ९ः४५ बजे सुरु हुनेछ ।

आजको फाइनलमा सावित्रा भण्डारीले भने खेल्न नपाउने भएकी छन् । फ्रेञ्च क्लब अभान्ट ग्वेंगाम्प आबद्ध उनले आज हुने जोर्डनविरुद्धको फाइनल गुमाउने भएकी हुन् ।

क्लबसँगको सम्झौताअनुसार साम्बालाई फिफा विन्डोको खेल खेल्न मात्र अनुमति छ। यसअघि समूह चरण र सेमिफाइलका खेल फिफा विन्डोमा भएका कारण उनले खेलेको थिइन्। फाइनल भने फिफा विन्डो बाहिरको खेल हो। जसकारण साम्बाले फाइनल खेल्न नपाउने भएकी हुन् ।

जारी प्रतियोगितामा साम्बाले ९ गोल गरिसकेकी छिन्।

प्रतियोगितामा नेपाल समूह ‘बी’ को विजेता बन्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको थियो । त्यस्तै, जोर्डन समूह ‘ए’ बाट विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो । दुवै टिमले समूहगत चरणमा तीनवटै खेल जितेका छन् ।

861 shares