नेदरल्याण्ड्सविरुद्ध नेपालको १०० रन पूरा
वि.सं.२०८० फागुन २२ मंगलवार ०६:५६
1.95K
shares

काठमाडौं। त्रिदेशीय टी–२० क्रिकेट सिरिजको फाइनल खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालले १०० रन पूरा गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले ११.१ ओभरमा २ विकेटको क्षतिमा १०० रन पूरा गरेको हो।
नेपालका लागि गुल्सन झा र आसिफ शेखले ब्याटिङ गरिरहेका छन्। यसअघि कप्तान रोहित कुमार पौडेल २५ र कुशल भूर्तेल २० रनमा आउट भएका हुन्। टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो।
वि.सं.२०८० फागुन २२ मंगलवार ०६:५६
1.95K
shares





