सुनको मूल्यमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च

560 shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ । आज तेस्रो दिन पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १५ सय रुपैँयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार रुपैँया कायम भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ४ सय रुपैँया कायम भएको छ । –

बजारमा चाँदीको मूल्य घटेर तोलाको १४ सय ३० रुपैँया कायम भएको छ ।

560 shares