सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड

2.58K shares

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शुक्रबार बिहान शेयर बाँडफाँड भएको हो ।

कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएका थिए । योग्य ९ लाख ५८ हजार ९ सय ५९ जना आवेदकमध्ये ५५ हजार ५ सय २१ जनाले ५० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । २६ जना आवेदकले थप १ कित्ता शेयर प्राप्त गरेका छन् । ९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ ।

आइपीओको नतिजा बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइट  https://www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएस वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

2.58K shares