दया र मिरुनाको ‘घरज्वाँइ’को छायांकन सकियो

1K shares

काठमाडौँ । अनिल बुढा मगरको निर्देशन रहेको चलचित्र घरज्वाँइको छायांकन सकिएको छ । फागुन ५ गतेबाट सुरु भएको फिल्मको छायांकन एक महिनामा सकिएको हो ।

पूर्वी रुकुममा छायांकन भएको फिल्ममा दयाहाङ राई र मिरुना मगरको मुख्य भुमिका रहेको छ । फिल्मको कथा निर्देशक अनिलले नै लेखेका हुन् ।

फिल्ममा दयाहाङ र मिरुनाको साथमा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा लगायतका कलाकारको मुख्य भुमिका रहेको छ । फिल्म आगामी वर्षको असार २८ गतेदेखि प्रदर्शनमा आउने जनाइएको छ ।

1K shares