प्रदीप, आर्यन र पलको ‘पूजार सार्की’को छायांकन सकियो
वि.सं.२०८० चैत ७ बुधवार ०२:५२
2.13K
shares

काठमाडौँ । दिनेश राउतको निर्देशन रहेको चलचित्र ‘पूजार सार्की’को छायांकन सकिएको छ । फिल्मको ४८ दिनमा छायांकन सकिएको हो ।
‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको छायांकन गरेसँगै फिल्मको प्याकअप गरिएको हो । निर्माण घोषणा भएसँगै फिल्मको चर्चा सबैतिर रहेको छ ।
विकास सुवेदीको कथा रहेको फिल्ममा प्रदीप खड्का, आर्यन सिग्देल, पल, शाह, अन्जना बराइली लगायतका कलाकारको अभिनय रहेको छ ।
वि.सं.२०८० चैत ७ बुधवार ०२:५२
2.13K
shares





