हलमा ‘महाजात्रा’

469 shares

काठमाडौँ । प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र महाजात्रा आजबाट प्रदर्शनमा आएको हो । प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएसँग उच्च शो का साथ फिल्म विश्वभर प्रदर्शनमा आएको हो ।

केहि महिनादेखि सुनसान रहेको नेपाली हलहरुमा महाजात्राले दर्शकलाई फर्काउने अपेक्षा गरिएको छ । बा्रण्ड भ्यालु भएको फिल्मको सिक्वेल भएकाले पनि दर्शकको साथ पाउने अपेक्षा गरिएको छ । फिल्मको कतिपय स्थानमा पहिलो शो हाउशफुल देखिएको छ ।

जात्रा, जात्रै जात्रा का टिममा केहि नयाँ पात्रहरुपनि यो पटक थपिएको छ । फिल्ममा हरिवंश आचार्य, दिव्य देव, शिशिर वाङ्देल लगायतका कलाकार यो पार्टमा थपिएका छन् । त्यसले गर्दा फिल्मको हाइप अझ बढाएको छ ।

फिल्ममा पुरानै टिम विपिन कार्की, रविन्द्र सिंह बानिँया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकार निरन्तर रहेका छन् ।

469 shares