‘महाजात्रा’को बम्पर ओपनिङ

581 shares

काठमाडौँ । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको चलचित्र महाजात्राले बम्पर ओपनिङ गरेको छ । फिल्मको ब्राण्ड हाइपले उच्च शो पाएको महाजात्राले पहिलो दिन १ करोड २३ लाखको ओपनिङ गरेको निर्माण टिमले जनाएको छ ।

दर्शक र फिल्मकर्मीको राम्रो साथ पाएको फिल्मले दोश्रो दिनबाट अझ धेरै कलेक्सन गर्ने देखिएको छ । आम मान्छेको कथा भन्न माहिर भट्टराईले यो पटकपनि सोहि ट्रेण्डलाई अझ निखारिएर फिल्म पस्किएका छन् । त्यसैले पनि दर्शकले फिल्मलाई साथ दिने पक्का छ ।

फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बानिँया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

581 shares