तीन दिनमा कति कमायो ‘महाजात्रा’ले ?

434 shares

काठमाडौँ । शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म महाजात्राले बम्पर कलेक्सने गरिरहेको छ । लामो समयदेखि सुनसान देखिएको नेपाली हलहरुमा चहलपहल ह्वात्तै बढेको छ । प्रदीप भट्टराई निर्देशित फिल्म हेर्न हलमा दर्शकको घुँइचो देखिएको छ ।

पहिलो दिन नै दमदार कमाई गरेको फिल्मले दोश्रो दिन पनि आक्रमक कलेक्सन गरेको छ । तेश्रो दिन पनि फिल्मको कलेक्सनले निरन्तरता पाएको निर्माण पक्षले जनाएको छ । फिल्मले तीन दिनमा ४ करोड माथिको कमाई गरेको आँकडा निर्माण टिमले दिएको छ । फिल्मले पहिलो दिन १ करोड २३ लाखको कलेक्सन गरेको थियो भने दोश्रो दिन १ करोड ८३ लाख कलेक्सन गरेको छ । यस्तै फिल्मले तेश्रो दिन १ करोड २० लाखको कलेक्सन गरेको निर्माण टिमले जनाएको छ । निर्माण टिमका अनुसार फिल्मले हालसम्म ४ करोड २६ लाखको आँकडा पार गरेको छ ।

सार्वजनिक विदाहरुको मौका भएकाले फिल्मको कमाईले अझै निरन्तरता पाउने देखिएको छ । फिल्मको वर्ड अफ माउथ पनि बलियो देखिएको छ ।

निर्देशक भट्टराईकै कथा रहेको फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको छ ।

434 shares