सुनको मूल्य तोलामा १८ सयले बढ्यो, फेरि बन्यो नयाँ रेकर्ड ?

644 shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा लगातार बृद्धि देखिएको छ । दिन प्रतिदिन सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको छ । आज पनि सुनको मूल्य प्रतितोला १८ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य १ लाख ३३ हजार रुपैँया कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यता, तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ३ सय ५० रुपैँया कायम भएको छ ।

चाँदीको मूल्य तोलाको ६५ रुपैँया बढेर प्रतितोला १ हजार ६ सय १० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

644 shares