साथिभाई विदेशिएको देख्दा झसंग हुन्छु : सौगात मल्ल

3.79K shares

काठमाडौँ । अभिनेता सौगात मल्लले साथिभाई विदेशिएको देख्दा बेला बेलामा झसंग हुने गरेको बताएका छन् । आज काठमाडौँमा आयोजित द रेड सुटकेसको ट्रेलर रिलिज कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पत्रकारले दिनानुदिन नेपालीहरु विदेशिएको देख्दा कस्तो लाग्छ भनेर सौगातलाई प्रश्न गरेका थिए । जवाफमा मल्लले एउटा बेला विभिन्न सपना देखेका साथिहरु यसरी विदेशिएको देख्न नराम्रो लाग्ने बताएका हुन् । नराम्रो लागे पनि आफुसँग त्यसलाई रोक्ने कुनै आइडिया छैन उनले भने । सरकारबाट त के आशा गर्नु र ? उनले प्रतिप्रश्न गर्दै बताएका छन् । यस्तै अवस्था रहने हो भने अबको २०/२५ वर्षपछि के हुने होला भन्ने कुराले चिन्तित हुने गरेको बताए ।

फिल्ममा पनि बैदेशिक रोजगारीको कथा देखाइएको छ । समाजमा भएका घटनामा काम गर्न पाउँदा खुसी लागेको उनले बताए ।

3.79K shares