प्रकाश सपुत र समिक्षा अधिकारीको स्वरमा ‘बोक्सीको घर’को ‘बुझिन मैले’ गीत सार्वजनिक

770 shares

काठमाडौँ । चलचित्र ‘बोक्सीको घर’को ‘बुझिन मैले’ बोलको गीत सार्वजनिक भएको छ । मंगलबार ओएसआर डिजिटल मार्फत गीतको भिडियो सार्वजनिक भएको हो ।

प्रकाश सपुतको शब्द संगित रहेको गीतमा सपुत र समिक्षा अधिकारीले स्वर दिएका छन् । गीतलाई लोक फ्लेवरमा बनाइएको छ । भिडियोमा केकी अधिकारी र सुलक्षण भारती फिचर्ड छन् ।

गीतको भिडियोलाई फरक तरिकाले देखाउने कोशिस गरिएको छ । भिडियोमा केकीको नृत्यको स्टेपहरुलाई पनि फरक तरिकाले देखाइएको छ ।

केकि अधिकारी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको निर्माता बद्री अधिकारी रहेका छन् । सुलक्षण भारतीको निर्देशन रहेको फिल्ममा केकी, सुपला सापकोटा, निर्देशक भारती, स्वेच्छा राउत, रमा थपलिया लगायतका कलकारको अभिनय रहेको छ ।

 

770 shares