स्टारमा होइन स्क्रिप्टमा लगानी गरौँ : दीपक राज गिरी

455 shares

काठमाडौँ । कलाकार तथा निर्माता दीपक राज गिरीले फिल्म निर्माण गर्दा स्टारमा नभएर स्क्रिप्टमा लगानी गर्नुपर्ने बताएका छन् । शनिबार सामाजिक संजाल फेसबुकमा पोष्ट गर्दै उनले यस्तो बताएका हुन् ।

‘बोक्सीको घर’को उदाहरण दिँदै उनले पोष्टरमा एक नायिका मात्रै छ तर फिल्मको ओपनिङ मल्टिस्टारर भन्दा राम्रो भएको बताए । फिल्मको कन्टेन्ट राम्रो हुँदा दर्शकले त्यसलाई विश्वास गर्ने कुरामा अभिनेत्री केकी अधिकारी पनि सहमत छिन् । अहिले हल हलमा पुगेर दर्शक भेटिरहेकी उनले कन्टेन्ट माटो सुहाउँदो हुँदा दर्शकले साथ दिने बताइन् ।

455 shares