महाभिडन्तबाट बाहिरियो पूजाको ‘दान्भी’

448 shares

काठमाडौँ । आगामी जेठ १० गतेलाई नेपाली चलचित्रको महाभिडन्तको रुपमा चर्चा गरिएको थियो । उक्त मितिमा तीन फिल्म पूजार सार्की, फर्की फर्की र दान्भी एकसाथ प्रदर्शनमा आउने भएका थिए । यस्तोमा पूजा शर्मा स्टारर दान्भीले यो भिडन्तबाट बाहिरिने निर्णय गरेको छ ।

पूजा शर्मा मुख्य भुमिकामा रहेको फिल्मको टिजर सार्वजनिक भइसकेको छ । फिल्ममा पूजा एक्सन गर्दै देखिने भएकी छन् । यसअगाडि अनमोलसँगको दुश्मनिका कारण फिल्म भिडाएको आरोप पूजामाथि लागेको थियो । तर, फिल्मले मैदान छाडेर असार ७ गते पुग्ने जनाइएको छ ।

निर्माण टिमले आधिकारिक रुपमा नयाँ मिति भने सार्वजनिक गरेको छैन । अन्य दुई फिल्मले प्रचारप्रसारलाई तिव्र बनाइरहेको बेला दान्भीको प्रचारप्रसार भने शून्य थियो । यस्तोमा धेरैले फिल्म पोस्टपोन्ड हुने आँकलन गरेका थिए । भयो पनि त्यस्तै । फिल्मको नयाँ रिलिज मिति चाँडै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ ।

रुपेश तामाङको निर्देशनमा बनेको फिल्ममा पूजाको साथमा कुन्साङ बोमजन, किरण श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

448 shares