‘घरज्वाइँ’ को टिजर सार्वजनिक, दया र मिरुनाको जादु फर्केला त ?
वि.सं.२०८१ वैशाख ३० आइतवार ०८:४५

काठमाडौँ । पछिल्लो समय सर्वाधिक रुचाइएको कुनै जोडि छ भने त्यो हो, दयाहाङ राई र मिरुना मगरको जोडि । यो जोडिले लगातार तीन फिल्म हिट दियो । तर, केहि समययता यो जोडिको फिल्मले खासै कमाल देखाउन सकेको छैन ।
यस्तोमा यो जोडिको नयाँ चलचित्र घरज्वाइँको टिजर सार्वजनिक भएको छ । निर्माण टिमले आज आइतबार फिल्मको दुई मिनेटको टिजर सार्वजनिक गरेको छ । टिजरमा दयाले घरज्वाइँ बस्ने नमानेको देखिएको छ । उनको भूमिका मास्टरको रहेको अनुमान गर्न सकिन्छ । फिल्म घरज्वाइँ थिमकै वरिपरि घुम्ने देखिएको छ ।
अनिल बुढामगरको कथा निर्देशन रहेको फिल्मको निर्माता जनक घर्तिमगर हुन् । फिल्ममा दया र मिरुनाको साथमा शिशिर वाङदेल, राज थापा मगर, कविता आलेमगर, बुद्धि तामाङ लगायतका कलकारको अभिनय रहेको छ ।
फिल्म असार २८ गतेबाट प्रदर्शनमा आउँदैछ ।
वि.सं.२०८१ वैशाख ३० आइतवार ०८:४५





