नीतिलाई पहिलो गाँसमै ढुंगा, न अभिनय चल्यो न फिल्म

2.41K shares

काठमाडौँ । मोडल नीति शाहले धेरै उतार चढावकाबिच ‘खजुरे ब्रो’ साइन गरेकी थिइन् । अनमोल केसी देखि प्रदीप खड्कासँग डेब्यु गर्ने बजार तताए पनि न ति फिल्म बने न उनको डेब्यु स्टारहरुसँग नै भयो ।

खबरका अनुसार उनले ज्योतिसलाई हेराएर ‘खजुरे ब्रो’ साइन गरेकी थिइन् । खजुरे पछि उनले लगातार फिल्महरु साइन गरेकी छन् । तर, उनको डेब्यु फिल्ममा भने उनलाई पहिलो गाँसमै ढुंगा परेको छ । फिल्म दुई दिनमै अधिकांश हलबाट उत्रिने क्रम जारी छ ।

रिलिज अगाडि उनलाई नै ब्राण्डिङ गरेर निर्माण टिम प्रचारमा उत्रेको थियो । तर, प्रदर्शपछि भने उनको अभिनय निकै नै कमजोर भएको प्रतिक्रिया आइरहेको छ । फिल्ममा उनको स्क्रिन टाइम पनि थोरै छ । जति उनको स्क्रिन टाइम छ त्यसमा पनि उनि निकै नै कमजोर देखिएकी छन् । आगामी फिल्ममा उनले निकै ठुलो मेहनत गर्नुपर्ने देखिन्छ । अन्यथा, उनको करिअरले कुन मोड लिन्छ त्यो भन्न सकिँदैन ।

फिल्म रिलिज भएपछि भने रेअर राई र महेश त्रिपाठिको अभिनयको प्रशंसा भइरहेको छ । दुवैको भूमिकालाई दर्शक र समिक्षकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । फिल्मबाट उनिहरुले बलियो सम्भावना देखाएका छन् ।

2.41K shares