सौगात र बेनिशाको ‘सिटामोल’ जापानमा बिक्यो

2.01K shares

काठमाडौँ । प्रदर्शन मिति तय नभएको ‘सिटामोल’को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । सौगात मल्ल र बेनिशा हमाल स्टारर फिल्मको जापा अधिकार गरिमा फिल्मसले किनेको हो ।

माओवादी सशस्त्र युद्धको कथामा बनेको फिल्मको लेखन तथा निर्देशन राजबहादुर सानेले गरेका छन् । फिल्मको बाँकी रहेको छायांकन बाँकी सकाएर प्रदर्शन मिति घोषणा गर्ने तयारी निर्माण टिमको रहेको छ ।

तुलसी देवी फिल्म्सको निर्माण रहेको फिल्ममा हिउँवाला गौतम, लोकेन्द्र लेखक, भुगोल कार्की, दिनेश रेग्मी, समिप निरौला, पवन भट्टराई लगायतको पनि अभिनय छ भने बाबुल गिरीको संगीत तथा दिव्य सुवेदीको छायांकन छ । फिल्मको निर्माता भुगोल कुमार कार्की हुन् । कार्यकारी निर्मातामा रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी रहेका छन् ।

2.01K shares