सहकारीको कथामा ‘खजुरे ब्रो’ को ट्रेलर (भिडियो)

1.58K shares

काठमाडौँ । बैशाख २८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘खजुरे ब्रो’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण टिमले आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा सहकारीको कथा पनि देखाइएको छ । यसअगाडि खजुरे ब्रो को जीवनबाट प्रभावित फिल्म भनिएपनि फिल्ममा समसामयिक विषयबस्तुलाई पनि समेटिएको ट्रेलरले संकेत गरेको छ । तीन मिनेटको ट्रेलरमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् ।

सुरज सुनुवारको निर्देशनमा बनेको फिल्ममा रेअर राई, महेश त्रिपाठि, नविन मानन्धर, नीति शाह, पुस्कर कार्की लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा निर्देशक सुनुवार र नविन मानन्धरको लगानी रहेको छ भने कार्यकारी निर्माता डायमन्ड उप्रेति रहेका छन् ।

 

1.58K shares