दोस्रो खेलमा नेपाल पराजित

476 shares

काठमाडौँ । काठमाडौँमा जारी मैत्रीपूर्ण टी–२० शृङ्खलाको दोस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको छ । वेस्ट इन्डिज ‘ए’ ले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धाति २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५० रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले नटआउट ७१ रन बनाउँदा गुल्सन झाले २६ रन, लोकेश बमले १७ रन, आरिफ शेखले १२ रन बनाए । अन्य खेलाडिले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६० रन जोडेको थियो । वेस्ट इन्डिजका लागि आन्द्र फ्लेचरले ४३ रन, कप्तान रोस्टन चेसले २३ रन, गुटकेश मोटीले २२ रन, जोनसन चाल्र्सले ११ रन बनाएका थिए ।

476 shares