नेपालको लगातार तेश्रो हार

511 shares

काठमाडौँ । काठमाडौँमा जारी टी–२० मैत्रीपुर्ण श्रृंखलामा नेपालले वेस्ट इन्डिज ए सँग लगातार तेश्रो हार व्यहोरेको छ । आज भएको खेलमा पनि नेपाल २८ रनले पराजित भएको हो ।

नेपालको यो हारसँगै श्रृंखला वेस्ट इन्डिज ए ले एक खेल अगावै जितेको छ । श्रृंखला ३–१ मा रहेको छ ।

वेस्ट इन्डिजले दिएको २०९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १८१ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ८२ रन बनाएका थिए । सन्दिप जोरा, दिपेन्द्र सिंह ऐरि, गुल्सन झाले १९ रन मात्र बनाउन सके । यता अविनास बोहोराले १७ रन बनाउँदा सोमपालले १० रन मात्रै बनाए । आसिफ शेख र प्रतिस जिसि रन नवनाइ आउट हुँदा कुशल भुर्तेलले १ रन बनाए । कुशल मल्लले ४ रन बनाए ।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ८४ रन, जोनसन चाल्सले ५८ रन, फावियन एलेले ३३ एलिक एथान्जले ५ रन र केसी कार्टिले ४ रन बनाए ।

 

511 shares