वेस्ट इन्डिजसँग नेपाल ७६ रनले पराजित

490 shares

काठमाडौँ । काठमाडौँमा जारी मैत्रीपुर्ण टी–२० श्रृंखलाको तेश्रो खेलमा नेपाल वेस्ट इन्डिज एसँग ७५ रनले पराजित भएको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा वेस्ट इन्डिजले दिएको २२८ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै १५१ रन बनाएर अलआउट भयो ।

नेपालका लागि करण केसीले सर्वाधिक २८ रन जोडे । लोकश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल शाहले १४, आरिफ शेखले ३, गुल्झन झाले ६, विवेक यादवले ३ र दीपेन्द्र सिंह ऐरीले ७ रन, कमल सिंह ऐरीले ६ र सागर ढकालले ३ रन बनाए।

यसअघि टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि जोन्सन चार्ल्सले शानदार शतक ९११९ रन० बनाए भने आन्द्रे फ्लेचरले अर्धशतक९५३० बनाए । यस्तै, फाबियन एलनले १९ रन र एलिक अथान्जेले १७ रन बनाए ।

यससँगै वेस्ट इन्डिज एले शृंखलालाई २–१ को स्थितिमा पुर्‍याएको छ।

490 shares