‘मनसरा’को प्रिमियरमा कसले के भने ?

525 shares

काठमाडौँ । भोलि शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘मनसरा’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । बुधबार ललितपुरको लबिम मलमा रेड कार्पेट र व्यान्डको प्रस्तुतिसहित फिल्मको प्रिमियर गरिएको थियो ।

प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका कलाकर्मिहरुको बाक्लै उपस्थिति थियो । कलाकार, निर्देशक, निर्माता, वितरक र पत्रकारहरुको राम्रै उपस्थिति रहेको प्रिमियरमा फिल्मले मिश्रीत प्रतिक्रिया पाएको छ । निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, अभिनेत्री सुरक्षा पन्त, मलिका महत लगायतका सेलिब्रेटिको उपस्थिति प्रिमियरमा रहेको थियो ।

अन्तरजातिय र विवाहोत्तर सम्बन्धको कथा भनिएको फिल्मको अधिकांशले सकरात्मक प्रतिक्रिया दिएका छन् । उसो त फिल्मका निर्देशक प्रिमियरमा पाएको प्रतिक्रियालाई सत्य मान्दैनन् । उनले पत्रकारसँग कुरा गर्दै प्रिमियरमा सबैले राम्रो नै भन्ने गर्छन् तर प्रदर्शनमा आएपछि दर्शकले दिने प्रतिक्रिया महत्वपुर्ण हुने बताए ।

उपेन्द्र कवि हुन् । उनले फिल्ममा आफ्नो कवि क्षमताको भरपुर प्रयोग गरेका छन् । प्रिमियरमा उपस्थित अधिकांश फिल्मकर्मीले उनले कवितात्मक लयमा प्रेम सम्बन्धलाई भन्न गरेको कोशिषलाई तारिफ गरेका छन् । गत वर्ष प्रदर्शन भएको ‘जारी’ले रेकर्डब्रेक व्यापार गरेपछि उपेन्द्रलाई हेर्ने नजर फेरिएको छ । उनिमाथि दर्शकले ठुलै भरोसा गरेका छन् । ‘जारी’को साख जोगाउनुपर्ने चुनौति उनिमाझ देखिएको छ ।

फिल्ममा प्रविण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, दयाहाङ राई लगायतका कलाकारको अभिनय रहेको छ ।

525 shares