‘खजुरे ब्रो’ बाट रेअर राईले देखाए सम्भावना

10.08K shares

काठमाडौँ । सुरज सुनुवारको निर्देशनमा आएको फिल्म ‘खजुरे ब्रो’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । धरानका चर्चित पात्र खजुरेको जीवनबाट प्रभावित फिल्ममा सामाजिक विषयबस्तुलाई उठाइएको छ ।

फिल्ममा खजुरेको भूमिकामा रेअर राईले अभिनय गरेका छन् । थुप्रै फिल्महरुमा सहायक भूमिकाहरुमा काम गरेका रेअरले यो पटक लिड भूमिकामा काम गरेका छन् । खजुरेको भूमिकामा आफुलाई ढाल्नका लागि उनले तौल बढाउनुका साथै हाउभाउमा समेत काम गरेका छन् । खजुरेको चरित्रका लागि उनले एक महिनामा ११ केजी तौल बढाएका थिए । कतिपयले उनलाई खजुरे जस्तै देखिएको भनेर पनि प्रशंसा गरेका छन् ।

फिल्ममा उनले निर्वाह गरेको चरित्रलाई रुचाइएको छ । उनले गरेको मेहनत पर्दामा देखिएको छ । सहायक पात्रहरुमा काम गर्दा कमेडि भूमिकाहरुमा रुचाइएका थिए उनि । यस फिल्म मार्फत उनले मूख्य भूमिकामा पनि फिल्मलाई लिड गर्न सक्ने खुबि देखाएका छन् । फिल्ममा कमेडि गरेका छन्, नृत्य गरेका छन्, रोमान्टिक बनेका छन् । उनकै क्यारेक्टर पनि प्याकेजले भरिपूर्ण देखिएको छ ।

यहि फिल्म मार्फत चर्चित मोडल नीति शाहले डेब्यु गरेकी छन् । फिल्ममा रेअर र नीतिको साथमा महेश त्रिपाठि, पुष्कर कार्की, नविन मानन्धर, शान्तिला तामाङ, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

10.08K shares