‘फर्की फर्की’को टाइटल गीत सार्वजनिक

812 shares

काठमाडौँ । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘फर्की फर्की’को टाइटल गीत सार्वजनिक भएको छ । शनिबार ओएसआर डिजिटलमार्फत फिल्मको गीत सार्वजनिक गरिएको हो ।

रोमन बज्रचार्यको शब्द संगीत रहेको गीतमा गायनमा बज्रचार्यलाई निकिता थापाले साथ दिएकी छन् । गीतको भिडियोमा फिल्मको मूख्य कलाकार अनमोल केसी र जसिता गुरुङ फिचर्ड छन् । दुईको केमेष्ट्रि गीतमा गज्जबको देखिएको छ ।

ट्रेलर सार्वजनिक भएपछि सर्वत्र चर्चा बटुलेको फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका छन् । टाइम लुपको कथामा बनेको फिल्मको निर्माता रोहित अधिकारी र ओमप्रकाश अग्रवाल हुन् । फिल्ममा अनमोल र जसिताको साथमा रवि काफ्ले, समृद्धि अर्याल लगायतका कलाकारको अभिनय रहेको छ ।

 

812 shares