प्रदीप र दिव्याको ‘एक्टर’को छायांकन सुरु
वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२१

काठमाडौँ । राजन भुसालको निर्देशनमा तयार हुने फिल्म ‘एक्टर’को छायांकन सुरु भएको छ । पोखराको विन्ध्यावासिनी मन्दिरमा पुजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो ।
फिल्मको शुभसाइतमा नायक प्रदीप खड्का र नव–नायिका दिव्या रायमाझीले क्यामेरा पूजा गरेका थिए । प्रदीप र दिव्याले पहिलोपटक एकसाथ काम गर्दैछन् । फिल्मकी अर्की नायिका आना शर्मासँग पनि प्रदीपले पहिलोपटक काम गर्न लागेका हुन् । दिलिप रायमाझीकि छोरी दिव्याले यहि फिल्मबाट डेब्यु गर्दैछिन् ।
अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा तयार हुन लागेको यो फिल्ममा प्रदीप, आना, दिव्याको साथमा राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौला लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
फिल्मको छायांकन १० दिन पोखरामा हुने र बाँकि छायांकन १ महिना काठमाडौँमा हुने जनाइएको छ । फिल्मका निर्माता थमन कुमार भण्डारी हुन् । फिल्म कार्तिक १५ गते लक्ष्मी पूजाको दिन प्रदर्शनमा ल्याउने जनाइएको छ ।
वि.सं.२०८१ वैशाख २८ शुक्रवार ०६:२१





