फ्राइडे रिलिज : हलमा ‘खजुरे ब्रो’

2.04K shares

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत नेपाली हलहरुमा ‘खजुरे ब्रो’ प्रदर्शनमा आएको छ । सुरज सुनुवारको निर्देशनमा बनेको फिल्ममा सोसियल, ड्रामा, कमेडि रहेको छ ।

धरानका चर्चित पात्र खजुरे ब्रो को जीवनबाट प्रभावित भएर बनेको फिल्ममा सहकारी ठगिको मुद्दालाई पनि केन्द्रमा राखिएको छ । फिल्ममा रेअर राई खजुरेको भूमिकामा रहेको छन् ।

काठमाडौँ र धरानमा फिल्मको प्रिमिअर भइसकेको छ । प्रिमिअरमा मिश्रित प्रतिक्रिया पाएको फिल्मबाट नीति शाहले डेब्यु गर्दैछिन् । रेअर र नीतिका अलवा फिल्ममा महेश त्रिपाठि, पुष्कर कार्की, नविन मानन्धर, शान्तिला तामाङ, सुष्मा निरौला लगायतका कलाकारको अभिनय रहेको छ ।

2.04K shares