‘आँखा’को फर्स्टलुक पोष्टर सार्वजनिक

4.42K shares

काठमाडौँ । जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्म आँखाको फर्स्टलुक पोष्टर सार्वजनिक भएको छ । फिल्मको आज पोष्टर सार्वजनिक गर्नेको साथै रिलिज मिति पनि तोकिएको छ । फिल्म असार १४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक पोष्टरमा फिल्मका मूख्य कलाकारलाई आँखाको आकृतिभित्र प्रस्तुत गरिएको छ । आँखाको नानिको रुपमा सूर्यमुखी फूललाई देखाइएको छ ।

फिल्मको निर्माता स्मिता लामिछाने हुन् । फिल्ममा बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, निशा अधिकारी, स्मिता लामिछाने, आरके मेहता, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, रेनुका कार्की, अभयराज बराल लगायतका कलाकारको अभिनय छ ।

 

4.42K shares