‘पूर्णबहादुरको सारङ्गी’मा प्रकाश सपुत

511 shares

काठमाडौँ । सरोज पौडेलको लेखन तथा निर्देशन रहने फिल्म ‘पुर्णबहादुरको सारङ्गी प्रकाश सपुत अनुबन्धित भएका छन् । निर्माण टिमसँग कागजी सम्झौता गर्दै उनि फिल्ममा अनुबन्धित भएका हुन् ।

सपुतले गतवर्ष परदेशी २ मा अभिनय गरेका थिए । फिल्म हिट भएको थियो । उनको नयाँ फिल्मको छायांकन जेठ दोश्रो साताबाट हुने जनाइएको छ । फिल्ममा विजय बराल यसअगाडि नै अनुबन्धित भइसकेका छन् ।

सामाजिक विषयबस्तुमा निर्माण हुन लागेको फिल्ममा विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहनेछ । फिल्म सेभेन सिजको प्रस्तुतिमा निर्माण हुन लागेको हो ।

 

 

511 shares