हलमा ‘बोक्सीको घर’

469 shares

काठमाडौँ । फ्राइडे रिलिज अन्तर्गत आजबाट ‘बोक्सीको घर’ चलचित्र प्रदर्शनमा आएको छ । यो वर्षको पहिलो चलचित्रको रुपमा बोक्सीको घर प्रदर्शनमा आएको हो ।

सदियौँदेखि समाजमा व्याप्त कुरितिको आडमा हुने अपराध देखाइएको फिल्मलाई सुलक्षण भारतीले निर्देशन गरेका छन् । निर्देशक भारतीले यहि कथामा ७ वर्ष अगाडि नाटक समेत मञ्चन गरेका थिए ।

केकी अधिकारी फिल्मसको प्रस्तुतिमा बनेको फिल्ममा केकी अधिकारी, सुलक्षण भारती, रमा थपलिया, स्वेच्छा राउत, सुपला सापकोटा लगायतका कलाकारको अभिनय रहेको छ ।

 

469 shares