एमाले छाड्ने भीम रावलको संकेत

588 shares

काठमाडौँ । नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टी परित्याग गर्न लागेको संकेत गरेका छन् । बिहीबार पत्रकार सम्मेलन गरेर उनले आफु जीवनको एउटा मोडमा आइपुगेको भन्दै पार्टी छाड्न लागेको संकेत दिएका थिए ।

ललितपुरको गोदावरीमा भएको पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा आफुलाई जान मन भएको तर परिचय पत्र समेत उपलब्ध नगराएपछि आफू राजनीतिको एउटा घुम्तीमा आईपुगेको बताए । घुम्तीमा पुगिसकेपछि सामान्य मान्छे पनि अर्को मोडतिर लाग्न सक्छ आफु पनि त्यस्तै मोडमा पुगेको उनले बताए ।

एमाले पार्टी कम्पनीजस्तो भएको पनि उनले आरोप लगाए । आफ्ना नजिकका शुभचिन्तकहरुसँग सर सल्लाह गरेर एउटा निर्णयमा पुग्ने उनले बताएका छन् । पार्टी छाड्ने कि अन्य पार्टीमा जानेकी भन्ने कुरा तत्काल निर्णय गर्दा छिटो हुने उनले बताए । सल्लाह गरेर एउटा निर्णयमा पुग्ने उनले बताएका छन् ।

आफु सँधै राष्ट्र, राष्ट्रियता, स्वाधिनता, सार्वभौमसत्तको पक्षमा रहेको उनले बताए ।

588 shares