‘महाजात्रा’ले मनायो ५१ औँ दिन

2.46K shares

काठमाडौँ । गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र महाजात्राले ५१ औँ दिन मनाएको छ । आज शनिबार फिल्मले ९ वटा हलमा ५१ औँ दिन मनाएको अवसरमा निर्माण टिमले सबैलाई धन्यबाद दिएको छ ।

फिल्मले काठमाडौँ उपत्यकाका क्युएफएक्स, आइएनआई सिनेमाज, एफक्युब सिनेमाज, वान सिनेमाज, बिएसआर मुभिज, रञ्जना सिनेप्लेक्स, सिके सिनेमाज, विग मुभिज र मोफसलमा नेपालगन्जमा रहेको सिनेरोयलमा ५१ औँ दिन मनाएको हो ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशन बनेको यस चलचित्रमा हरिवंश आचार्य, वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ। म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका यस चलचित्रका कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन्।

 

2.46K shares